आज सूर्य ग्रहण

काठमाडौँ ।  आज लाग्ने सूर्य ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार सूर्य ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई लाग्दैन र बार्नु पनि पर्दैन ।

सूर्य ग्रहण कम्बोडिया, चीन, अमेरिका, सिङ्गापुर, थाइल्याण्ड, अन्टार्कटिका, अस्ट्रेलिया, भियतनाम, ताइवान, पपुवा न्युगिनी, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण हिन्द महासागर र न्युजिल्याण्डमा देखिने छ ।

यस वर्ष आजसहित असोज २७ गते र चैत २६ गते सूर्य ग्रहण लाग्दैछ । तर यी तीनै पटकका ग्रहण नेपालबाट नदेखिने समितिले जनाएको छ । कात्तिक ११ गते लाग्ने चन्द्र ग्रहण भने नेपालबाट देखिने समितिले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पाैडेलद्वारा नवनियुक्त प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । …

प्रतिकृया दिनुहॊस