मोदीले गरे राष्ट्रपति पौडेलको स्वास्थ्य लाभको कामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वास्थ्य लाभको कामना गरेका छन् । दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचाररत पौडेललाई प्रधानमन्त्री मोदीले शीघ्र स्वास्थ्य लाभको काम व्यक्त गरेको दिल्लीस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

छातीको तल्लो भागमा समस्यमा भएपछि राष्ट्रपति पौडेललाई एयरलिफ्ट गरी बुधबार दिल्ली लगिएको थियो । दूतावासका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर छ ।

राष्ट्रपति पौडेललाई मंगलबार महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकको सल्लाहबमोजिम उनलाई थप उपचारका लागि दिल्ली लगिएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आइतबार उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा

काठमाडौं । सरकारले आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । आइतबार रातो …

प्रतिकृया दिनुहॊस