आज कुन-कुन प्रदेशमा छ बदली र वर्षाको सम्भावना ?

काठमाडौं । नेपालमा अहिले स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । आज देशका केहि भू–भागमा पानी पर्ने सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ । वागमती र कोसी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार दिउँसो देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

विभागले राति देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा तथा वाग्मती र कोसी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । मधेस र कोसी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको विभागदे जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आइतबार उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा

काठमाडौं । सरकारले आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । आइतबार रातो …

प्रतिकृया दिनुहॊस