तत्काल वर्षा नहुने, काठमाडौँको प्रदूषण पनि नघट्ने

काठमाडौँ । हाल नेपालमा रहेको उच्च चापीय प्रणालीको प्रभाव अझै केही दिन वायुमण्डलस्थिर रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रणाली प्रभाव स्थिर रहने भएको हो ।

लामो समयदेखि वर्षा नभएकाले डढेलोका घटनाहरू बढ्दा उपत्यकालगायत देशका धेरै भू–भागहरूको प्रदूषणमा सुधार नहुने भएको छ । ‘काठमाडौँमा आज अपराह्नपछि मौसममा बदली हुनेछ । त्यसअघि मौसम सामान्यतया सफा रहनेछ,’ महाशाखाले भनेको छ, ‘मौसममा बदली भए पनि काठमाडौँमा वर्षाको सम्भावना छैन ।’

अझै कम्तीमा तीन दिन काठमाडौँमा वर्षाको सम्भावना छैन । वर्षा नहुँदासम्म काठमाडौँको प्रदूषण यथावत् रहने भएको हो । केही दिनयता काठमाडौँमा वर्षा नहुँदा प्रदूषणको मात्रा बढेको छ ।

महाशाखाका अनुसार आज देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने छ। देशका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री