नेसनल लाइफ इन्स्योरेन्सले दियो साढे १४ प्रतिशत लाभांश, तोकिएको चुक्तापुँजी पुग्यो

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरूलाई साढे १४ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको चैत ३० गते सम्पन्न सञ्चालक समितिको बैठकले आठ प्रतिशत बोनस सेयर कर प्रयोजनसहित ६.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

प्रस्तावित बोनस सेयरसँगै कम्पनीको चुक्तापुँजी बिमा प्राधिकरणले तोकेअनुसार पाँच अर्ब पुगको छ । हाल यो कम्पनीको चुक्तापुँजी चार अर्ब ६४ करोड चार लाख रुपैयाँ रहेको छ । आठ प्रतिशत बोनस दिएसँगै कम्पनीको चुक्तापुँजी पाँच अर्ब एक करोड १६ लाख कायम भएको छ ।

कम्पनीका अनुसार प्रस्तावित बोनस सेयरका लागि करबापतको रकम बोनस सेयरको ०.४२१ प्रतिशत नगद लाग्ने बताइएको छ । उक्त रकम कम्पनीले प्रस्ताव गरेको नगद लाभांशबाट नै समायोजन गर्ने बताइएको छ ।

उक्त प्रस्ताव बिमा प्राधिकरणबाट पारित भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल

काठमाडौं । प्रभु इन्स्योरेन्स्को अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । प्रभु इन्स्योरेन्सको २८ औं …

प्रतिकृया दिनुहॊस