बालुवाटारस्थित घरमा गोली चल्दा वर्षमान पुनकी आमा घाइते

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनको दाइको घरमा गोली चलेको छ । भीआईपी सुरक्षामा खटिएका एक सदस्यले शुक्रबार राति साढे ९ बजे गोली चलाउँदा पुनकी ७० वर्षीया आमा तीर्थमाली पुन घाइते भएकी हुन् ।

बालुवाटारस्थित घरमा गोली लाग्दा घाइते भएकी उनकी आमाको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । तीर्थमालीको खुट्टामा गोली लागेको छ ।

गोली चलाउने व्यक्ति कामु प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी भएको खुलेको छ । राति १ बजे सूचना प्राप्त भएलगत्तै प्रहरीले गोली चलाउने प्रहरी हवल्दार प्रकाश पुन मगरलाई नियन्त्रणमा लिएको छ ।

उनलाई प्रहरी प्रधान कार्यालय, नक्सालमा राखेर सोधपुछ भइरहेको छ । उनी हाल कामु प्रधानन्यायाधीशको अगुवा गाडीमा बस्ने अधिकृत हुन् । नेता पुन उपचारका लागि चीनमा छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री