अन्तर्राष्ट्रिय संस्थालाई ६० दिनभित्र पाकिस्तान छाड्न आदेश

काठमाडौं । पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय संस्था (एनजीओ)हरुलाई ६० दिनभित्र पाकिस्तान छाड्न आदेश दिएको छ । ति संस्थाहरुलाई आफ्ना सबै काम बन्द गर्न पनि पाकिस्तान सरकारले भनेको छ ।

पाकिस्तानमा मानव अधिकारको उल्लंघन र प्रेस स्वतन्त्रतामा अंकुश लगाउने घटना बढेको बेला सरकारले यस्तो निर्णय लिएको बीबीसीले जनाएको छ । यो निर्णयबाट एक्सन एड, सेभ द चिल्ड्रेन, प्लान इन्टरनेशनल लगायतका संस्थाहरु प्रभावित भएका छन् ।

पाकिस्तानको गुप्तचर विभागले अन्तर्राष्ट्रिय संगठनहरुलाई शंकास्पद दृष्टिबाट हेर्दछ । यसअघि अमेरिकी सीआईएले ओसामा बिन लादेनलाई खोज्ने गोप्य उद्देश्यसहित फर्जी खोप अभियान चलाएको आरोप पाकिस्तानले लगाउँदै आएको छ ।

एक्सन एडले पाकिस्तान सरकारको यो फैसला समुदाय माथिको हमला भएको टिप्पणी गरेको छ । तर, यसबारे पाकिस्तान सरकारको तर्फबाट भने कुनै प्रतिक्रिया सार्वजनिक भइसकेको छैन । यसअघि सन् २०१७ मा पनि पाकिस्तानले यस्तै निर्णय लिएको थियो तर पश्चिमा सरकारको दबावमा उक्त निर्णय फिर्ता लिइएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल डिजिटल पेमेन्ट्सको अध्यक्षमा डंगोल नियुक्त

काठमाडौँ । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको अध्यक्षमा रीना डंगोल नियुक्त भएकी छन् । गत …

प्रतिकृया दिनुहॊस

This will auto close after