एभरेष्ट एयरको हेलिकोप्टर धौलागिरी आधार शिविरमा दुर्घटना

काठमाडौं । एभरेष्ट एयरको हेलिकोप्टर धौलागिरीमा दुर्घटना भएको छ । आइतबार बिहान सम्पर्कबिहीन भएको एभरेष्ट एयरको हेलिकोप्टर धौलागिरी बेसक्याम्प नजिकै दुर्घटनामा परेको हो ।

धौलागिरी बेसक्याम्पबाट इटालियन बेसक्याम्पमा सामान लिएर जाने क्रममा एभरेष्ट एयरको हेलिकोप्टर पल्टिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौंलाले जानकारी दिए । उनका अनुसार पाइलट सकुशल छन् ।

पाइलट सामान्य घाइते भएको बताइएको छ । त्यहाँको अवस्था बुझ्न अर्को हेलिकोप्टर गएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री