प्रधानमन्त्री प्रचण्ड पुगे एमाले सचिव भट्टको निवासमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले सचिव लेखराज भट्टलाई भेटेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड बिहान तत्कालीन नेकपा भंग भएपछि एमाले रोजेका भट्टको निवास पुगेका हुन् ।

कञ्चनपुरको एक कार्यक्रममा सहभागी हुन जाने क्रममा धनगढी विमानस्थलमा ओर्लिएका प्रधानमन्त्री कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियास्थित भट्टको निवासमा पुगेका हुन् । उनीहरुबीच भेटवार्ता जारी छ तर भेटमा के विषयमा कुरा भइरहेको छ भन्नेबारे खुल्न सकेको छैन ।

प्रचण्ड लेखराजको निवासमा खाना खाएर केहीबेरमा महेन्द्रनगर प्रस्थान गर्ने बताइएको छ । प्रधानमन्त्री प्रचण्ड र नेता भट्टबीचको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री