सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार छ ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ । बुधबार रेकर्ड ब्रेक गरेको सुनको मूल्य आज भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा आठ सयले घटेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख १० हजार दुई सय रुपैयाँका कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा पाँच रूपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १,४३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री