मोरङमा ५२ जना एसईईका परीक्षार्थी पक्राउ

काठमाडाैँ । एउटाको नाममा अर्कैले परीक्षा दिएको आशंकामा मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को एउटा केन्द्रबाट ५२ जना परीक्षार्थी पक्राउ परेका छन् ।

नक्कली परीक्षार्थीको आशंकामा ग्रामथान गाउँपालिका-२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरू सामाजिक विषयको परीक्षा दिंदै थिए ।

प्रहरीले बुधबार सोही परीक्षा केन्द्रबाट एक जनालाई पक्राउ गरेको थियो । बिहीबार एउटाको नाममा अर्कैले परीक्षा दिएको भेटिएपछि ५२ जनालाई नियन्त्रणमा लिइएको र भेरिफाइ भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले बताए ।

शंकास्पद ५२ जनालाई नियन्त्रणमा लिएको प्रहरीले यो संख्या घटबढ हुनसक्ने बताएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप