सौराहामा अज्ञात समूहले हात्तीको ‘सूँड’ काट्यो

काठमाडौँ । चितवनमा हात्तीको सूँड काटिएको छ । सौराहास्थित हात्तीसारमा राखिएको हात्तीको सूँड अज्ञात समूहले काटिदिएको हो ।

हात्ती दीपक खतिवडाकाअनुसार गएराति साढे ११ बजेतिर हात्तीसारमा बाँधेर राखिएको हात्तीको सूँड धारिलो हतियार प्रहार गरी काटिएको अवस्थामा भेटिएको हो । ४५ वर्षीया चन्चलकली हात्तीको सूँडको भाग जोड्न नमिल्ने गरी काटिएको अवस्थामा भेटिएको उनको भनाई छ ।

हात्ती पीडाले कराएपछि हेर्न जाँदा सूँड काटिएको अवस्थामा भेटिएको थियो । हात्तीको सूँड काट्नेको खोजी र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री