तोलामा ६ सयले घट्यो सुनको मूल्य

काठमाडौं । हप्ताको पहिलो दिन सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ८ हजार ६ सय रुपैयाँ छ ।

अस्ति सुनको भाउ तोलामा १ लाख ९ हजार २ सय रुपैयाँ थियो । सुनको भाउ घटे पनि आज चाँदीको भाउ भने बढेको छ ।

तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री