बालुवाटारमा मिटरब्याज पीडितको ‘रोदन’ (तस्बिरहरू)

काठमाडौँ । पैदल यात्रा गरी न्याय माग्न काठमाडौँ आएका मिटरब्याज पीडितहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुँदै आफ्ना पीडा पोखेका छन् । बिहान प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका पीडितहरू प्रधानमन्त्रीसामु भक्कानिएका हुन् ।

प्रधानमन्त्रीलाई आफ्नो समस्या सुनाउँदा उनीहरू भक्कानो छाडेर रोए । पीडितमध्येका एक श्यामले आफूलाई मिटरब्याजीले घरबाट निकालेपछि आफ्नै घरमा भाडामा बसेको बताउँदै प्रधानमन्त्रीसामु धरधरी रोएका हुन् ।

पीडितमध्ये एक महिलाले १० लाखको रुपैयाँ ऋण लिँदा २७ लाख तिरिसक्दा पनि अझै पैसा तिरिनसकेको भन्दै आफ्नो घर जग्गा कब्जा गरेको पीडा प्रधानमन्त्रीलाई सुनाइन् । उनले आफ्नो पीडा सुनाउँदा भक्कानिएर बोल्न समेत सकिन् ।

मिटरब्याज पीडितहरूले दोषीलाई कारबाहीसँगै तमसुक व्यवस्था खारेज हुनुपर्ने, साहुकारको अवैध ठहरिएको सम्पत्ति जसको नामबाट आएको हो उसैको नाममा फिर्ता हुने व्यवस्था गर्नुपर्ने, बैंकबाट सरल र सहज कर्जाको व्यवस्था गर्नुपर्ने लगायतका १० बुँदे माग गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोशी सरकारको रिट खारेज, हिक्मत कार्कीको पद जोगियो

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्धको रिट खारेज भएको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले …

प्रतिकृया दिनुहॊस