सनराइज बैंकले देशैभर गर्‍यो १०० वटा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । सनराइज बैंकले पूर्वको तेह्रथुमदेखि पश्चिमको दार्चुलासम्म ७ वटै प्रदेशमा १०० वटा वित्तीय साक्षरता कार्यक्रम गरी ‘ग्लोबल मनी विक’ मनाएको छ । बैंकले आफ्ना देशभरका शाखा र सामाजिक सञ्जालमार्फत विभिन्न कार्यक्रम र सूचना प्रवाह गरी सफलताको साथ कार्यक्रम गरेको हो ।बैंकले ग्लोबल मनी विकको यस वर्षको नारा ‘प्लान योर मनी, प्लान योर फ्युचर’लाई अगाडि राखी बैंकिङ्ग सेवा, बचत, ऋण, विद्युतिय बैंकिङ्ग सेवा र यसमा अपनाउनुपर्ने सावधानी लगायतका विषयहरुलाई समावेश गरी देशभरीका विभिन्न १०० स्थानका युवाहरुलाई समेटेर वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ ।यस कार्यक्रमले युवाहरुमा वित्तीय साक्षरताको अभिवृद्घि, वित्तिय निर्णय गर्ने क्षमताको विकास, सानैदेखि बचत गर्ने बानी, बैंकिङ्ग सेवा सुविधाको सही उपयोगिता, बैंकिङ्ग विवरण अरुलाई दिदाँँ हुन सक्ने झमेला र ठगी लगायतका विषयको संचेतनाले उनीहरु र उनीहरुसँग जोडिएका परिवारको आर्थिक समृद्घिमा योगदान पुर्‍याउने बैंकको विश्वास छ ।हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, १०० वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६२ वटा एटीएममार्फत आफ्ना ८ लाख बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नबिल बैंकबाट १ करोड ३४ लाख चोर्ने ४ जना पक्राउ

काठमाडौं । नबिल बैंकको वीरगन्ज शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गर्ने …

प्रतिकृया दिनुहॊस