काठमाडौँ । प्रदेश सांसद नेतृत्वको टोली सडक डिभिजन कार्यालयमा डेलिगेसन गएको छ । काठमाडौँ प्रदेश सभा १ (२)बाट निर्वाचित बागमती प्रदेश सभा सदस्य सुरज चन्द्र लामिछाने नेतृत्वको टोली काठमाडौँ सडक डिभिजन कार्यालयमा डेलिगेसन गएको हो ।
टोलीमा स्थानीय व्यक्ति संघ र संस्थाको प्रतिनिधि सम्मिलित टोली डेलिगेसन गएको थियो । प्रदेशसभा सदस्य चन्द्र लामिछानेले मदन भण्डारी सडक खण्डको शान्तीनगरस्थित प्रयाग मार्ग आलोकनगर जोड्ने आकाशे पुलको स्थानीयको माग सम्बोधन यथाशीघ्र गर्न कार्यालय प्रमुख नारायण निउरेलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
प्रमुख निउरेले जनप्रतिनिधि र स्थानीयको मागप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए । ‘मानवीय संवेदनशीलतालाई मैले बुझेको छु ।’ उनले भने, ‘योजना कार्यान्वयनको आवश्यकता पुष्टि गर्न पत्रले सहयोग गर्छ ।’ उनले यथाशीघ्र काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।



