सबै विद्यार्थीले पढिरहेकै विद्यालयमा एसईई परीक्षा दिन पाउनुपर्छ : शक्ति बस्नेत

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले विद्यार्थीले पढिरहेकै विद्यालयबाट एसईई परीक्षा दिन पाउनुपर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

सबै विद्यार्थीले आफू पढेकै विद्याथीमा परीक्षा दिन नपाउँदा अन्य विद्यालयको केन्द्रमा परीक्षा दिन जान टाढा पर्ने र मानसिक, शारीरिक रुपमा समस्या भोग्नु परेको उनले बताए । यो वर्षको एसईई परीक्षा ‘होम सेन्टर’मै सबै विद्यार्थीले दिन पाउनुपर्ने उनले माग गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारी ठगी : छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक बस्दै

काठमाडौं । सहकारीको रकम अपचलन छानबिन गर्न गठित संसदीय छानबिन समितिको कार्यादेश बनाउन आज बैठक …

प्रतिकृया दिनुहॊस

This will auto close after