नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

काठमाडौँ । जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको घोषणा गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय जनगणना २०७८’ नतिजा सार्वजनिक कार्यक्रमुमा नेपालको पछिल्लो जनगणनाको अन्तिम नतिजा सार्वजनिक गरेका हुन् ।

गत माघ १२ गते सार्वजनिक गरिएको प्रारम्भिक नतिजा अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको थियो । तर विस्तृत र अन्तिम प्रतिवेदनमा भने २७ हजार ९०२ कम सार्वजनिक गरिएको हो ।

१२ औं जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदनमा नेपालमा एक करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् (४८.९८ प्रतिशत) पुरूष र एक करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.०२ प्रतिशत) महिला छन् । अन्य लिङ्गीको संख्या दुई हजार ९२८ छ । यो कुल जनसंख्याको ०.००१ प्रतिशत हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रवेशाज्ञा बिना नेपाल पसेका बंगलादेशी पक्राउ

काठमाडाैं ।  प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई जना  बङ्गलादेशी नागरिक काँकडभिट्टाबाट पक्राउ परेका …

प्रतिकृया दिनुहॊस