घुस लिएको आरोपमा नायब सुब्बाविरुद्ध मुद्दा

काठमाडौँ । वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौंमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग ३० हजार घुस लिएको आरोपमा बुधबार पाण्डेविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

वैदेशिक रोजगार कसुरमा मिलापत्रपछि रोक्का भएको बैंक खाता पुनः सञ्चालन गर्नका लागि पाण्डेले सेवाग्राहीसँग ३० हजार घुस-रिसवत लिएको आयोगको दाबी छ ।

पाण्डेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) खण्ड (ख) बमोजिमको कसुर गरेकोले ३० हजार नै बिगो कायम गरी जरिवाना र कैद मागदाबी गरी मुद्दा दायर भएको अख्तियार प्रवक्ता भोला दाहालले जारी विज्ञप्तिमा उल्लेख छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जालबाट अर्काको चरित्र हत्या गरेको भन्दै धनगढीकी जानकी पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । …

प्रतिकृया दिनुहॊस