तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिलाउने कार्यमा संलग्न ५ पक्राउ

काठमाडौँ । तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिलाउने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा झापा कचनकवलका कृष्णबहादुर कटवाल, काठमाडौँ बबरमहलका न्यूल्केश श्रेष्ठ, मोरङ सुन्दर हरैंचाका हिरालाल शिवाकोटी, तनहुँ शुक्लगण्डकीका लोप्साङ थिन्ले र ललितपुर गोदावरीका विजय लामा रहेका छन् ।

उनीहरुलाई ५ चैतमा प्रहरीले पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिएका छन् । पक्राउ पर्नेहरुले १० जना तिब्बतीलाई नेपाली नागरिकता दिलाइसकेको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका कटवालले तिब्बती शरणार्थीको नागरिकता बनाउन विभिन्न व्यक्तिलाई नक्कली बाबुको रुपमा उपस्थित जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उपस्थिति गराएर सनाखत गराएका थिए । त्यस्तै, यो कार्यमा संलग्नहरुले प्रति शरणार्थी ३ देखि ५ लाख रुपैयाँ लिएर किर्ते नागरिकता बनाइदिँदै आएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रवेशाज्ञा बिना नेपाल पसेका बंगलादेशी पक्राउ

काठमाडाैं ।  प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई जना  बङ्गलादेशी नागरिक काँकडभिट्टाबाट पक्राउ परेका …

प्रतिकृया दिनुहॊस