१० दलीय गठबन्धन सरकार विस्तार लगत्तै भत्किन्छ : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले १० दलीय गठबन्धन सरकार विस्तारलगतै भत्किने दाबी गरेका छन् । मिसन ग्रासरुट तथा राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा आयोजित बाँके जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

संविधानले २० मन्त्रालय र मन्त्री २५ भन्दा धेरै बनाउन निषेध गरेको बताउँदै उनले गठबन्धनका दलले २६ भन्दा बढी मन्त्रालय दाबी गरेकाले सरकार गठनअघि नै विवाद हुने र सरकार विस्तार लगत्तै गठबन्धन टुट्ने जिकिर गरे । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका पोखरेलले भने, ‘एमालेले नचाहँदा नचाहँदै १० दलीय गठबन्धन सरकार विस्तारलगत्तै ढल्ने निश्चित छ,’ उनले भने ।

पोखरेलले शेरबहादुर देउवा नेतृत्वको सरकारले देशमा आर्थिक संकट निम्त्याएकाले स्थायित्व, आर्थिक वृद्धि तथा समृद्धिका लागि एमालेले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाएको उल्लेख गरे । ‘हामीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को परिकल्पना गरेर पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनायौँ, तर उहाँ (पुष्पकमल) चरम दक्षिणपन्थी र नाङ्गो दलालीको रूपमा उभिनु भयो,’ महासचिव पोखरेलले भने, ‘पुष्पकमल दाहालका कारण मुलुक फेरि अस्थिरतातर्फ धकेलिने भयो ।’

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पक्राउ गरिएका मेयर नेपालीलाई बाग्लुङ पुर्‍याइयो

काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ पठाइएको …

प्रतिकृया दिनुहॊस