सानिमा मिडल तमोरको आइपिओ बाँडफाँट

काठमाडाैँ । सानिमा मिडल तमोर हाइड्रोपावर कम्पनीको आइपिओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ४ लाख २४ हजार ८९३ जनाले सेयर पाएका छन्।

जसमध्ये ४ लाख २४ हजार ८८५ जनाले १० कित्ताको दरले र ८ जनाले ११ कित्ताको दरले सेयर पाएका हुन्। उक्त आइपीओका लागि कुल १३ लाख ५६ हजार ३४१ जना आवेदकले आवेदन दिएकामा ७ हजार ९९९ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ । कम्पनीले फागुन २६ गतेदेखि ३० गतेसम्म सर्वसाधारणका लागि ४२ लाख ४८ हजार ९३८ कित्ता आइपिओ निष्कासन गरेको थियो।

कम्पनीले जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशतले हुने ४९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता सेयरमध्ये ४ लाख ९९ हजार ८७५ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिक्री गरिसकेको छ।

यस्तै, ५ प्रतिशत अर्थात् २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरी बाँकी रहेको सेयर कम्पनीले सर्वसाधारणमा वितरण गरेको हो। लगानीकर्ताले बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। …

प्रतिकृया दिनुहॊस