उपराष्ट्रपति यादवले लिए पद तथा गोपनियताको शपथ

काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । उनलाई बिहान १० बजे शीतल निवासमा एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो । यादव गत चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।

उनी उपराष्ट्रपतिको निर्वाचनमा कुल ५२ हजार ६२८ मतभारमध्ये यादवले ३० हजार ३२८ मतभार प्राप्त गरी विजयी भएका हुन् । उपराष्ट्रपतिमा निर्वाचित भएसँगै यादवले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिइसकेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछाने विरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी

काठमडौं । काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा रास्वपाका सभापति रवि …

प्रतिकृया दिनुहॊस