काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीको जलेको अनुहारको छाला राम्रो हुँदै गएको छ । बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर आगलागीबाट जलेको अनुहारको छाला राम्रो हुँदै गएको हो ।
भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यमा सुधार भइरहेको र अनुहारको छाला राम्रो हुँदै गएको डा भण्डारीका दाजु मीनप्रसाद भण्डारीले जानकारी दिए । ‘अहिले ड्रेसिङ एक दिन बिराएर गर्न थालिएको छ । अनुहारको छाला राम्रो पलाएको छ सर्जरी गर्नु नपर्ने भएको छ, डा भण्डारीका दाजु मीनप्रसादले भने, ‘स्वास्थ्यमा राम्रो सुधार भईरहेको छ । ग्राफ्ट गरिएको छालाले राम्रो काम गरेको छ तर समय लाग्नेछ ।’
स्वास्थ्यका सबै प्यारामिटर सामान्य हुँदै गएकाले तत्काल शल्यक्रिया गर्न आवश्यक नभएको डाक्टरले बताएको उनले बताए । सङ्क्रमण नियन्त्रण गर्न अस्पताल प्रशासनले आगन्तुकलाई कडाइका साथ निषेध गरेको छ । आज भण्डारी अस्पताल भर्ना भएको ३३औँ दिन हो ।
प्रतिकृया दिनुहॊस