सिट्रोन र प्युजो गाडी किन्नेलाई एभरेस्ट बैंकले ऋण दिने

काठमाडाैं । प्युजो र सिट्रोनको आधिकारिक विक्रेता सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले बिक्री गर्दै आएको गाडीहरूमा एभरेस्ट बैंकले ऋण दिने भएको छ।

बैंक र सांग्रिला मोटर्सबीच भएको सम्झौताअनुसार अब प्युजो र सिट्रोन गाडी किन्ने ग्राहकले एभरेस्ट बैंकबाट सहजै कर्जा लिन सक्नेछन्। सम्झौता पत्रमा बैंकको तर्फबाट उपमहाप्रबन्धक गौरव कुमार र सांग्रिला मोटर्सका तर्फबाट सहायक महाप्रबन्धक किरण श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

सम्झौतापछि प्युजो र सिट्रोनले उत्पादन गरेका गाडी किन्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने संस्थाहरूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यो ऋण सुविधा सबै एभरेस्ट बैंकका सबै शाखाहरूबाट उपलब्ध हुनेछ।

अहिले एभरेस्टका देशभर रहेका १२४ शाखाबाट कर्जा सुविधा ग्राहकले लिन सक्छन्। बैंकका अनुसार ऋण नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशिका र निर्देशनहरूसँग समायोजन गरिएको छ। यो योजना सांग्रिला मोटर्सको आधिकारिक विक्रेता र एभरेस्ट बैंकका सबै शाखाबाट नेपालभरि लागू हुनेछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंकद्वारा स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर श्री नन्दी माध्यामिक विद्यालय नक्साल, …

प्रतिकृया दिनुहॊस