यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

काठमाडौं । नेपाल टोली विश्वकप लिग २ को छनोट चरणमा प्रवेश गरेको छ । काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा युएईलाई पराजित गर्दै नेपाल शीर्ष ३ मा रहेर सोझै विश्वकप छनोटमा पुगेको हो ।

डकवर्थ लुइस मेथडको आधारमा नेपाल विजयी भएको हो । युएईले नेपाललाई ३११ रनको लक्ष्य दिएको थियो । तर, भिजिबिलिटी कम भएपछि एम्पायरले नेपाललाई डिएलएसका आधारमा विजयी घोषित गरेका हुन् । डकवर्थ नियमअनुसार नेपालले ९ रनको जित हासिल गरेको हो ।

बिहीबारको खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्त्वको हो । आजको खेल जितेपछि नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालको लगातार तेस्रो हार, वेस्ट इन्डिजलाई एक खेल अगावै सिरिज उपाधि

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको छ । विहिबार …

प्रतिकृया दिनुहॊस