काठमाडौं । इण्डियन आयत कर्पोरेसन लिमिटेड (आईओसी) ले पेट्रोल र डिजेलको मूल्य घटाएर पठाएको छ । नेपाल आयल निगम कर्पाेरेसनबाट आज आएको मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ८६ पैसा घटाएर पठाएको हो ।
डिजेलको मूल्य पनि प्रतिलिटर एक रुपैयाँ ७४ पैसा घटाएर पठाएको निगमले जानकारी दिएको छ । अहिले बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री भइरहेको छ ।
खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १८ सय रुपैयाँ छ । भारतबाट घटेर प्राप्त भएको मूल्यका आधारमा अब निगम सञ्चालक समिति वा व्यवस्थापन बैठकले इन्धनको उपभोक्ता मूल्यबारे निर्णय गर्ने छ ।
तपाईंको प्रतिकृया




