‘कोशी प्रदेश’ नामाकरणको विरोध गर्दा सुनसरीका दुई पत्रकार पक्राउ

काठमाडाैं । कोशी प्रदेश नाम खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका दुई जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।

बिहीबार विराटनगरस्थित प्रदेश सभा भवन अगाडि कोशी प्रदेश नाम खारेज गरी पहिचानको आधारमा नामाकरण गर्न माग गर्दै आन्दोलनमा उत्रिएका नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ऋषि राई र संजय याख्खालाई प्रहरीले पक्राउ गरेको हो ।

कोशी प्रदेश खारेजीको माग गर्दै बिहीबार प्रदेशसभा भवन अगाडि पहिचान पक्षधर कविहरूको कविता वाचन कार्यक्रम आयोजना गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री