आज पनि बढ्यो सुनको मूल्य, तोलामा कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज फेरी बढेको छ । आज तोलामा एक हजार रुपैयाँले बढेर तोलामा १ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य पनि एक हजार रुपैयाँले बढेर १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधवार छापावाला सुन प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्रै बढ्दै आज तोलामा १ हजार ३ सय ५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनचाँदीकै मूल्यले कायम गर्‍यो नयाँ कीर्तिमान

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम निरन्तर जारी छ । मंगलबार सुनको मूल्य …

प्रतिकृया दिनुहॊस