एनएमबि बैंकको मर्चेन्ट क्युआरमा रु १००० बोनस

काठमाडौँ । एनएमबि बैंकले आफ्नो मर्चेन्टका लागि “क्युआर मा रु १००० बोनस” अफर ल्याएको छ । जसअनुसार बैंकमा खाता खोलिसकेका मर्चेन्ट तथा नयाँ मर्चेन्टहरुले रु १००० भन्दा माथिको क्युआरमार्फत पहिलो भुक्तानी लिँदा रु १००० को बोनस जित्ने सक्ने बैंकले जनाएको छ ।

फागुन १५ देखि सुरु भएको यो योजनामा सहभागी हुन मर्चेन्टको एनएमबि बैंकमा करेन्ट अकाउन्ट हुनुपर्ने जनाइएको छ । एनएमबि बैंक विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो ।

बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको द ब्यान्कर’पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर एसिया २०२१ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर नेपाल प्राप्त गरिसकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंकको अनुरोध

काठमाडौँ । एनआईसी एसिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध …

प्रतिकृया दिनुहॊस