अब नेपाल रेमिटमार्फत् पठाएको रेमिट्यान्स सिधै आइएमई-पे वालेटमा

काठमाडाैं । आइएमई-पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भएको छ।

सम्झौताअन्तर्गत विदेशबाट नेपाल रेमिटमार्फत् पठाइएको रेमिट्यान्स अब ग्राहकवर्गहरूले सिधै आइएमई-पे वालेटबाट प्राप्त गर्न सकिन्छ।

विदेशमा रहेका व्यक्तिले आफूलाई सहज पर्ने नेपाल रेमिटको साझेदारमार्फत् नेपालमा रहेका परिवार तथा आफन्तलाई पठाएको रकम सजिलै आइएमई-पेमार्फत् प्राप्त गर्न सकिने उल्लेख गरिएको छ।

आइएमई-पे एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। यसमार्फत् सेवाग्राही आफैले अथवा एजेन्टहरू मार्फत् विभिन्न किसिमका भुक्तानी गर्न सक्नेछन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मनकामना केबलकार ‘डिजिटल’ प्रविधिमा सञ्चालन

काठमाडौं । मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ । मनकमना दर्शन प्रालिद्वारा …

प्रतिकृया दिनुहॊस