सत्ता गठबन्धनमा रहेको जनमोर्चाले संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने

काठमाडौँ । सत्ता गठबन्धनमा रहेको राजनीतिक दल राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध देशव्यापी रुपमा अभियान चलाउने निर्णय गरेको छ । बुटवलमा सम्पन्न राष्ट्रिय परिषद्ले १० चैतदेखि १५ चैतसम्म देशव्यापी अभियान चलाउने निर्णय गरेको हो । उक्त परिषद् बैठकपछि अध्यक्ष चित्रबहादुर केसीले अभियानका कार्यक्रम सार्वजनिक गरेको उक्त पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘अभियानअन्तर्गत सभा, कोणसभाहरू गरिने छ,’ विज्ञप्तिमा भनिएको छ, ‘चैत्र २४ गते जनआन्दोलन दिवसको उपलक्षमा देशव्यापी रूपमा ‘गणतन्त्रको रक्षा गरौँ, प्रतिगमनका विरुद्ध सङ्घर्ष गरौँ’ भन्ने मूल नारा अन्तर्गत सभाका कार्यक्रमहरू गरिने छ ।’

त्यस्तै १० वैशाखमा हुने चितवन–२ को उपनिर्वाचनमा पनि पार्टीका उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उपनिर्वाचनमा प्रचारप्रसारलाई व्यवस्थित बनाउन महासचिव मनोज भट्टको संयोजकत्वमा २५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

उक्त उपनिर्वाचनलाई नेपालमा बढ्दो अमेरिकी साम्राज्यवादको प्रभाव, इशाईकरणविरुद्ध भण्डाफोर अभियानका रूपमा उपयोग गर्ने निर्णय बैठकले गरेको छ । वैशाख र जेठमा देशव्यापी रूपमा पार्टीको जिल्ला सम्मेलन तथा भेला गर्ने निर्णयसमेत उक्त परिषद् बैठकले गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस बैठकद्वारा शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने

काठमाडौँ । नेपाली कांग्रेसके पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मंसिर ३ र …

प्रतिकृया दिनुहॊस