ठगी मुद्दामा पृथ्वीबहादुर शाहसहित ६ जना पुर्पक्षका लागि थुनामा

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले पृथ्वीबहादुर शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । ठगी, सार्वजनिक लिखत कीर्ते र संगठित अपराधसम्बन्धी कसूर मुद्दामा उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन सोमबार आदेश दिएको हो ।

उक्त मुद्दामा पक्राउ परेका ७ जना मध्य भक्तपुरकी २४ वर्षीया विनिता तामाङलाई भने ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । अहिले पृथ्वी शाह, उनका भाइ विजयविक्रम शाह, सहयोगी अनुप खड्का, चक्रबहादुर खत्री, रुक्मांगत काफ्ले र रंगबहादुर साउद पुर्पक्षका लागि कारागार चलान भएका छन् । उक्त ठगी मुद्दाका १३ प्रतिवाद अझै फरार रहेको नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले जनाएको छ ।

उक्त मुद्दामा अछामका देवेन्द्र ढुंगाना, रामेछापका सागर आले मगर, कैलालीका लक्ष्मण रेग्मी, रामेछापका विनोद सुन्दार, काठमाडौँका सानु ठकुरी, अविन परियार, राजुकमार ठकुरी, सन्तोष पाण्डे, अञ्जना रजक भण्डारी, किशोर सिंह, तरुण शाह, शिवकुमार पाण्डे र देवेन्द्रबहादुर शाह फरार छन् ।

अमेरिकी नागरिकलाई अनलाइनमार्फत ठगी गरेको र उक्त रकम नेपाल ल्याएको आरोपमा शाहसहितलाई पक्राउ गरी सिआईबीले मुद्दा चलाएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्री ओली आउँदा विमानस्थलका अन्य उडान बन्द

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किन लागेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाका लागि …

प्रतिकृया दिनुहॊस