टिपरको ठक्करबाट सडक निर्माणमा खटिएका कामदारको मृत्यु

काठमाडौँ । दक्षिणकाली नगरपालिका-२ ग्वालदहमा टिपरले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । नुवाकोटको बेल्कोटगढी नगरपालिका १ घर भएका २४ वर्षीय सन्दीप तामाङको मृत्यु भएको हो ।

प्रहरीकाअनुसार बागमती प्रदेश ०१-००३ क ८६९० नम्बरको मिनि टिपर ब्याक गर्ने क्रममा सडक निर्माणमा खटिएका कामदार तामाङ घाइते भएका थिए । उनको ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न चालकलाई इलाका प्रहरी कार्यालय फर्पिङले नियन्त्रणमा लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री