काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) स्वस्थ्य सहर शिखर सम्मेलनमा भाग लिन बेलायत (लण्डन) प्रस्थान गरेका छन् । उनी चैत ५ गते स्वदेश फर्किने छन् ।
यस अवधिका लागि उपप्रमुख सुनिता डंगोललाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएका छन् ।
प्रस्थानका क्रममा त्रिभुवन विमानस्थलको विशिष्ट कक्षबाट उनलाई महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विदाई गरेका थिए ।
मंगलबार विहान २ बजेको उडानबाट सम्मेलनमा जानु भएका प्रमुख शाहसँग स्वास्थ्य सल्लाहकार डा. जगदिश अग्रवाल, वडा २४ का अध्यक्ष बिनोद राजभण्डारी र स्वकीय सचिव भुपदेव शाह रहेका छन् ।
आजदेखि चैत २ गतेसम्म हेल्दी सिटीज समिट इन लण्डन शिखर सम्मेलन हुँदैछ । सम्मेलनमा भाग लिन मेयरसँगै, साझेदार सहरबाट प्राविधिक सत्रमा सामेल हुन निमन्त्रणा गरिएको थियो ।
तपाईंको प्रतिकृया




