पोखराको रामबजारमा लुम्बिनी बैंकको एटीएम

काठमाडाैँ । लुम्बिनी विकास बैंक लिमिटेडले पोखराको रामबजारमा एटिएम सञ्चालनमा ल्याएको छ। बैंकका मुख्य प्रबन्धक दीपक खनालका अनुसार स्थानीय स्तरमा सहज बैंकिङ सेवा पुर्‍याउन १८ औं एटीम स्थापना गरिएको हो।

लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।

ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा ‘मासिक’ रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म गर्न मिल्ने समेत विशेष योजना ल्याएको बैंकले जनाएको छ।

एटीएमको पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँ उद्घाटन गरेका थिए। कार्यक्रममा बैंकका सञ्चालक रामचन्द्र सिग्देल, पूर्वअध्यक्ष सुशीलराज पराजुली, पूर्वसञ्चालक बिलबहादुर गुरुङ, बैकका शेयरधनीहरु उपस्थित रहेको शाखा प्रबन्धक बालकृष्ण वनले जानकारी दिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस