मेट्रो सुपर मार्केटमा स्मार्ट क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशत छुट

काठमाडाैं । मेट्रो सुपर मार्केटको पहिलो वार्षिकोत्सवको अवसरमा ग्राहकले छुट पाउने भएका छन्। मेट्रो सुपर मार्केटले स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडसँग सहकार्य गरी सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट मिल्ने व्यवस्था गरेको हो।

छुट अफरअन्तर्गत ग्राहकहरुले मेट्रो सुपर मार्केटमा कुनै पनि सामान खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम १०० रुपैयाँ प्रतिकारोबार र अफर अवधिभर ३ सय रुपैयाँसम्म छुट लिन सक्नेछन्।

स्मार्ट क्युआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले मेट्रो सुपर मार्केटको सम्पूर्ण शाखाहरुमा क्यु आर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्नेछन्।

यस अफरअन्तर्गत मेट्रो सुपर मार्केर्टका पेप्सीकोला, सानेपा र जोरपाटी स्थित शाखामा एन आई सी एशिया मो बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, हिमालयन बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, पेवेल, यन क्याश तथा विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिनेछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाली पर्यटक भित्र्याउन काठमाडौँमा इन्डोनेसियाको ‘सेल्स मिसन’

काठमाडौँ । इन्डोनेसियाको पर्यटन तथा कृयटिभ–इकोनोमी सम्बद्ध मन्त्रालय तथा एजेन्सीले इन्डोनेसियालाई नेपाली पर्यटकहरूका लागि मन …

प्रतिकृया दिनुहॊस