आईएमई पे मोबाइल टप अपमा पाँच प्रतिशत क्यासब्याकको निरन्तरता

काठमाडाैं । ‘आइएमई पे’ ले आफ्नो सेवाग्राहीहरूलाई आईएमई पे मोबाइल वालेटमार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यासब्याकको अफर यथावत् राखेको छ। टप अपमा पाँच प्रतिशत क्यासब्याक पाउने अफरबाट धेरै सेवाग्राहीहरूलाई फाइदा पुगेको विश्वासका आधारमा यो अफरलाई यथावात राखिएको हो।

यो अफरले वित्तीय साक्षरता अभिवृद्विमा महत्त्वपूर्ण भूमिका खेल्दै डिजिटल कारोबारमा आमसेवाग्राहीहरूलाई अभ्यस्त बनाउने विश्वास लिइएको छ। भौतिक नगदभन्दा बढी डिजिटल कारोबरको अनुभव प्राप्त होस् भन्ने उद्देश्यका साथ टप अपमा पाँच प्रतिशतको अफरलाई मुख्य प्राथमिकताका साथ अगाडी बढनेमा सहमत देखिएको छ ।

आमसेवाग्राहीहरूले दुई हजार (रू.२, ०००) रिर्चाज गर्दा एक सय (रू. १००), एक हजार (रू. १, ०००) गर्दा पचास (रू. ५०) र एक सय (रू.१००) गर्दा पाँच (रू.५) क्यासब्याकका साथै हरेक रिर्चाजमा पाँच प्रतिशत (५%) सम्म प्राप्त हुनेगरी व्यवस्था मिलाइएको छ ।

यो व्यवस्था आइएमई पेमा दर्ता भएको मोबाइल नम्बरमा पाँच प्रतिशत र दर्ता नभएको मोवाइल नम्बरमा दुई प्रतिशत कायम गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्मार्टच्वाईस टेक्नोलोजिज र स्मार्टकार्ड नेपाल बीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवाको लागि सम्झौता

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज् लिमिटेड (SCT) …

प्रतिकृया दिनुहॊस