लघुवित्त संस्थाका सिइओका १५ बुँदे माग

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूका प्रमुख कार्यकारी अधिकृत(सिइओ)को चितवनमा सम्पन्न भेलाले विभिन्न १५ बुँदे निर्णय गरेको छ । लघुवित्त वित्तीय संस्थाविरुद्ध नकारात्मक टिकाटिप्पणी र आन्दोलन केन्द्रित भेलामा हाल लघुवित्तमाथि लगाइएका आरोप, अवस्था र आवश्यक सुधारका काम कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको थियो ।

विगत केही समयदेखि बैंक तथा वित्तीय संस्थाविरुद्ध जारी गतिविधिप्रति आपत्ति प्रकट गर्दै भेलाले लघुवित्त सेवालाई निर्वाधरूपमा ग्रामीण तथा दूरदराज क्षेत्रमा प्रवाह गर्न समस्या परेकाले आवश्यक शान्तिसुरक्षासम्बन्धी व्यवस्थाका लागि नेपाल राष्ट्र बैंकमार्फत् सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ । त्यस्तै, उद्यमशीलता, लघु उद्यम एवं सदस्यको व्यावसायिक क्षमता वृद्धिमा जोड दिँदै सामाजिक बैंकिङ अवधारणाअनुरूप सम्पूर्ण लघुवित्त संस्थाले लघुवित्त कार्यक्रम सञ्चालन गर्ने, लघुवित्तले सामाजिक बैंकिङलाई व्यावहारिकरूपमै कार्यान्वयन गर्न सरकारको नीति, सहयोग र प्राथमिकतामा भरपर्ने भएकाले उक्त कार्यमा सहयोग गर्न सरकारलाई अनुरोध गर्ने भएको छ ।

हाल लघुवित्तमा देखिएका समस्याको कारक बहुबैंकिङ कर्जा लगानी पनि एक भएकाले त्यसलाई सम्बोधन गर्न राष्ट्र बैंकले हालै जारी गरेको एक संस्था एक ग्राहक नीतिसम्बन्धी निर्देशन दीर्घकालमा राम्रो हुने भए तापनि तत्काल कार्यान्वयन गर्दा जटिल समस्या उत्पन्न हुने भेलाको निष्कर्ष छ । उक्त व्यवस्था सहज कार्यान्वयनका लागि केही समय आवश्यक पर्ने भएकाले निश्चित समयभित्र पूर्णरूपमा कार्यान्वयन हुने गरी नीतिगत व्यवस्था गर्न नियामक निकाय राष्ट्र बैंकलाई आग्रह गर्ने पनि भेलाले निर्णय गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

टेलिकमको दशैँ अफर

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दशैँ, तिहार तथा छठलगायतका अवसरमा दशैँ अफर २०८१ …

प्रतिकृया दिनुहॊस