नेपालमा हुने आईसीसी लिग २ खेलको हाइजिन पार्टनर बन्यो लाइफबोय

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को लागि हाइजिन पार्टनरको रूपमा आफ्नो संयोजन घोषणा गरेको छ। युनिलिभर नेपालको एक चर्चित स्वच्छता ब्रान्ड लाइफबोयले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) पुरुष क्रिकेट विश्वकप लिग २ प्रतियोगिताको लागि आधिकारिक हाइजिन पार्टनरको रूपमा आफ्नो संयोजन घोषणा गरेको हो।

अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुन गइरहेको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को लागि हाइजिन पार्टनरको रूपमा लाइफबोयको संयोजन खेलकुदमा स्वच्छता र सरसफाई प्रवर्द्धन गर्न एक महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ।

लाइफबोयले टुर्नामेन्टको अवधिभर हात स्वच्छताको बारेमा जागरूकता प्रदान गर्नेछ। युनिलिभर नेपालको तर्फबाट लाइफबोयले नेपाल राष्ट्रिय क्रिकेट टोलीलाई उत्कृष्ट प्रदर्शन र आगामी सफलताको लागि हार्दिक शुभकामना व्यक्त गरेको छ।

आईसीसी पुरुष क्रिकेट विश्व कप लीग २ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० द्वारा आयोजना गरिएको त्रिदेशीय क्रिकेट प्रतियोगिता हो। दुबईमा सम्पन्न त्रिदेशीय शृङ्खलामा नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ मा युएई र पीएनजीसँग खेलेका चारमध्ये तीन खेलमा जित हात पारेको थियो। तीन टोलीले नेपालमा अर्काे त्रिदेशीय शृंखलाका लागि मार्च ९ देखि १६ सम्म भिड्ने छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अमेरिका भ्रमण सकेर आज स्वदेश फर्किँदै प्रधानमन्त्री

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किदै छन् …

प्रतिकृया दिनुहॊस