कुलमानको सुझावअनुसार ‘हाइड्रोजन गाडी’ चढ्ने तयारीमा प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताएका छन् । सोलुखोला-दूधकोशी जलविद्युत् आयोजनाको उद्घाटनका क्रममा उनले ग्रीन इनर्जीबाट ग्रीन हाइड्रोजन बनाउने सबभन्दा उपयुक्त अवसर आएको भन्दै आफू पनि हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेका बताएका हुन् ।

उनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ समेत उपस्थित रहेको कार्यक्रममा भने, ‘उहाँले मलाई प्रधानमन्त्रीको रूपमा अब डिजेल र पेट्रोलको गाडी होइन् हाइड्रोजन गाडी चढनु पर्‍यो भन्नु भयो ।’

आफूले हाइड्रोजन गाडी चढ्ने बारेमा प्रधानमन्त्री कार्यालयमा छलफल भइरहेको उनको भनाइ थियो । ‘म हाइड्रोजन गाडी चढ्ने तयारीमा छु । ताकि अब हामी यो ग्रीन इनर्जीबाट ग्रीन हाईड्रोजनतिर गएर किसानहरूलाई आवश्यक पर्ने मलखाद उत्पादन गर्नका लागि पनि छलफल अघि बढाएका छौँ,’ उनले भने ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने

काठमाडौँ । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । …

प्रतिकृया दिनुहॊस