अन्नपूर्ण केबलकारमा भारी छुट

काठमाडाैँ । पोखराको पर्यटन क्षेत्रमा नवीनता प्रदान गर्दै आएको अन्नपूर्ण केबलकारले होलीको अवसर पारेर सोमबारदेखि पोखरावरिपरिको दृश्यावलोकन सहज बनाउँदै केबलकारमा भारी छुट घोषणा गरेको छ । छुट योजना होलीका दिनदेखि पोखरा घुम्ने नेपाली पर्यटकका लागि ल्याइएको केबलकारले जनाएको छ । जसअन्तर्गत यसअघि कायम दररेटमा ५० प्रतिशतसम्म छुट प्रदान गरिएको अन्नपूर्ण केबलकारका प्रशासन प्रमुख दामोदर तिमल्सिनाले जानकारी दिनुभएको छ ।

कम्पनीका अनुसार बिहान ५ देखि साढे ७ बजेसम्म सराङकोटबाट सूर्योदय अवलोकनका लागि जान चाहने पर्यटकले दुईतर्फी भाडा चार सयमात्रै तिरे पुग्छ । यसअघि सो समयमा ७ सय रुपैयाँ भाडा थियो । अपांगता भएका व्यक्तिलाई लक्षित गर्दै दुईतर्फी भाडा तीन सय ५० रुपैयाँमात्रै कायम गरिएको र विद्यार्थी र बालबालिकाका लागि बिहान ५ बजेदेखि साढे ७ बजेसम्म दुईतर्फी चार सय र एकतर्फी दुइ सय रुपैयाँ तय गरेको छ ।

कम्पनीका अनुसार साढे ७ देखि ८ बजेसम्मको समय ‘ब्रेक’ राखिएको छ भने बिहान ८ बजेदेखि साढे १ बजेसम्मका लागि भने पहिलेकै भाडादर तय गरिएको छ । जसमा यो समयमा यात्रा गर्ने अपांगता, बालबालिका र विद्यार्थीबाहेकलाई दुईतर्फी भाडा सात सयमात्रै हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस