काठमाडौँ । काठमाडौं उपत्यका हल्का वर्षा भइरहेको छ । पश्चिमी वायुको प्रभावले उपत्यकासहित देशका पहाडी क्षेत्रमा वर्षा भइरहेको हो ।
मुलुकभर बादल लागिरहे पनि केही स्थानमा छिटपुट वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनकाअनुसार बागमती, गण्डकी, लुम्बिनी प्रदेशलगायत पश्चिमका प्रदेशका पहाडी तथा हिमाली भुभागहरूका थोरै स्थानमा हिमपात र केही पहाडी स्थानमा हल्का वर्षा भइरहेको छ ।
झरीको सम्भावना नदेखिए पनि बादल दिनभरी लाग्ने पौडेलको भनाई छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
प्रतिकृया दिनुहॊस