नेयमारले सिजनको बाँकी खेल गुमाउने

एजेन्सी । पेरिस सेन्ट जर्मेनका स्टार खेलाडी नेयमारले खुट्टाको चोटका कारण बाँकी सिजन गुमाउने भएका छन् । एंकल चोटका कारण नेयमारले सिजनको बाँकी खेल गुमाउने भएका हुन् ।

नेयमारको चोटको शल्यक्रिया गरिएको छ । जसको कारण उनले सिजनको बाँकी खेल गुमाउने भएका हुन् । उनी मैदानमा फर्कन तीनदेखि चार महिला लाग्ने पनि क्लबले जानकारी दिएको छ ।

नेयमारको दाहिने खुट्टामा पछिल्ला वर्षहरूमा बारम्बार समस्या देखिने गरेको थियो । लिग वान अन्तर्गत लिलविरुद्धको खेलमा नेयमारले चोट बोकेका थिए । फेब्रुअरी १९ मा भएको खेलमा पीएसजीले लिललाई ४(३ ले हराएको थियो ।

नेयमारले यो सिजन लिग वानमा १ गोल गर्नुका साथै १० वटा गोलको अवसर सिर्जना गरेका छन् ।नेयमारले चोट बोकेपछि अब लियोनल मेस्सी र केलियन एमबाप्पेले पीएसजीको फरवार्ड लाइन सम्हाल्ने छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ब्राजिलसँग उरुग्वेको रोमाञ्चक बराबरी, अर्जेन्टिना विजयी

काठमाडौं । फिफा विश्व कप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल उरुग्वेसँग बराबरीमा रोकिएको छ …

प्रतिकृया दिनुहॊस