सुदूरपश्चिम प्रदेशमा कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दलको बैठक बोलाएका छन् । मुख्यमन्त्री शाहले बिहान १० बजे प्रदेश संसदीय दलको कार्यालयमा बैठक बस्न लागेका हुन् ।

दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री शाहको तयारी छ । सत्तारुढ गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले सरकारमा आलोपालो तथा मन्त्रालय भागबन्डामा लिखित सहमति नगरेमा विश्वासको मत दिन नसकिने अडान लिएपछि मुख्यमन्त्री शाह अप्ठ्यारोमा परेका छन् ।

२६ माघमा नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएकै कारण एमालेका राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री