काठमाडौं । काभ्रेपलाञ्चोक केन्द्र भएर भूकम्प गएको छ । काभ्रेको काशीखण्ड आसपास केन्द्रबिन्दु भएर आज बिहान आठ बजेर तीन मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का काभ्रेलगायत आसपासका जिल्लामा महसुस भएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प पछि परकम्प गइरहेको छ ।
बिहान काभ्रेमा गएको परकम्प पनि गोरखा भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।
तपाईंको प्रतिकृया




