विश्वकपमा छनोट हुने यू-१९ क्रिकेटरले जनही १ लाख पाउने

काठमाडौँ । नेपाली यू-१९ क्रिकेट टीम आज आज स्वदेश फर्किँदैछ । आगामी वर्ष श्रीलंकामा हुने यु १९ को विश्वकपमा स्थान पक्का गरेर नेपाली टोली आज स्वदेश फर्कन लागेको हो ।

नेपाली टोली साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने बताइएको छ । बिहीबारको खेलमा यूएईलाई ७ रनले हराएर यू-१९ विश्वकपमा नेपालले ८ वर्षपछि स्थान पक्का गरेको हो ।

यसैबीच विश्वकपमा छनोट भएको नेपाली यू-१९ क्रिकेट टिमका हरेक सदस्यलाई क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले एक/एक लाख रूपैयाँ पुरस्कार दिने घोषण गरेको छ । ८ वर्षपछि युएईलाई हराउँदै नेपाली यू-१९ टिम विश्वकपमा छनोट भएको हो । क्यानले सरकारलाई पनि उचित सम्मान गर्न अनुरोध गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ट्वान्टी-२० सिरिजमा पनि नेपाल पराजित

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिजमा खराब सुरुवात गरेको छ । गएराती सम्पन्न क्यानडाविरुद्धको पहिलो …

प्रतिकृया दिनुहॊस