इ-सेवाको नयाँ योजना, एपमार्फत स्क्यान गरी भुक्तानी गर्दा आइफोन-१४ जित्ने मौका

काठमाडौं । भुक्तानी सेवा प्रदायक इ-सेवाको ‘स्कयान टू विन अफर’ सुरू भएको छ। यस अफरअन्तर्गत इ-सेवाको मोबाइल एपमार्फत क्युआर स्क्यान एन्ड पे गर्दा एक जना भाग्यशाली नेपालीले आइफोन-१४ प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ।

इ-सेवाको यो नयाँ योजनामा सहभागी हुनका लागि इ-सेवा मोबाइल एपमार्फत अनिवार्य क्युआर स्क्यान पे गर्नुपर्ने हुन्छ। यसैगरी हरेक हप्ता यस योजनामा सहभागी एक जनाले रेड्मी वाच-२ लाइट पाउनेछन‍्। साथै १० हजार प्रयोगकर्ताले एक हजारसम्मको पुरै क्यासब्याक सेवा प्राप्त गर्न सक्नेछन्।

साप्ताहिक पूर्ण कारोबार क्यासब्याक फिर्ता हुने १० जनाले हरेक बिहीबार ४८ घण्टा भित्र सोही रकम पाउने छन्। यसैगरी रेडमी वाच-२ लाइट स्मार्ट वाचका विजेताको पनि हरेक बिहीबार घोषणा गरिने कम्पनीले जनाएको छ।

यसैगरी ग्रान्ड प्राइज विजेता अभियान सकिएको एक हप्ताभित्र घोषणा गरिनेछ। मार्च १ देखि सुरू भएको यो योजना मार्च ३० सम्म सञ्चालनमा रहनेछ। हाल इ-सेवाले एन्ड्रोइडमा ५५ लाख र आइओएसमा १० लाख गरी ६५ लाख बढी ग्राहकहरूलाई सेवा पुर्‍याइरहेको छ।

इ-सेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरूमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यमबाट गर्न विभिन्न किसिमले सहजता प्रदान गरेको कम्पनीको भनाइ छ।

इ-सेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल-कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ।

इ-सेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य छन्। यी बैंकबाट इ-सेवामा सहजै रकम जम्मा गर्न तथा इ-सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ। एक लाख ८५ हजार भन्दा बढी एजेन्ट नेटवर्क मार्फत इ-सेवाका सेवा तथा सुविधा लिन सकिन्छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। …

प्रतिकृया दिनुहॊस