काठमाडौँ । तनहुँको आँबुखैरहनी-दमौली सडकखण्ड आजदेखि रातिमा दैनिक ४ घण्टा बन्द हुने भएको छ । सडकखण्ड आज राति १२ बजेदेखि बिहान चार बजेसम्म १० दिन राजमार्ग बन्द हुने भएको हो ।
बिमलनगरदेखि दमौलीको घाँसीकुवा सडकखण्डमा भित्तो काट्ने काम गर्नुपर्ने भएकाले राजमार्ग बन्द हुने मुग्लिन-पोखरा सडकखण्ड योजना पूर्वी खण्ड तनहुँले जनाएको छ । बन्द हुने सो समयभन्दा अगाडि वा पछाडि मात्रै यात्रा गर्न अनुरोधसमेत गरिएको छ ।

तपाईंको प्रतिकृया



