ड्युटी गर्दागर्दै ढलेका प्रहरी सहायक हवल्दारको मृत्यु

काठमाडौँ । बैतडीमा ड्युटी गर्दागर्दै ढलेका एक प्रहरीको मृत्यु भएको छ । अस्थायी प्रहरी पोष्ट सलेना कार्यरत प्रहरी सहायक हवल्दार नवीन चौधरीको ड्यटीकै समयमा मृत्यु भएको हो ।

ड्युटीमा खटिएको बेला चौधरी बुधबार बेलुका एक्कासी ढलेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । त्यसपछि प्रहरीले उद्धार गरेर उनलाई उपचारका लागि पाटन अस्पताल पुर्‍याएको थियो । उपचारका क्रममा प्रहरी सहायक हवल्दार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । चौधरी कैलालीका बासिन्दा हुन् ।

उनको मृत्युको कारण खुलेको छैन । उनको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ । ‘आफन्तहरु आउँदै गरेको र शव पोष्टमार्टमका लागि अस्पतालमा रहेको जानकारी दिंदै प्रहरी निरीक्षक जोशीले भने, ‘आफन्त आइ पुगेपछि पोस्टमार्टमको प्रक्रिया अघि बढ्छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री